
काठमाडौं,वैशाख -२, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दुई ठुला राजनीतिक दलहरू मिलेर सरकार बनाएपछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तीव्रता दिने अपेक्षा गरेपनि त्यसअनुसार काम हुन नसकेको बताएका छन् ।

मंगलवार (आज) काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी काम कारबाहीमा सुधार, सुशासन प्रवर्द्धन लगायतका विषयहरूमा सरकारले जोड दिँदै काम गर्ने अपेक्षा गरेपनि सरकार ट्याक्टरको गतिमा अघि बढिरहेको बताए ।

महामन्त्री थापाले युद्धस्तरमा काम गर्नुपर्ने भएपनि नेतृत्व तहबाट काम हुन नसकेको बताङ ।
महामन्त्री थापाले अहिलेको अर्थतन्त्रमा समस्या बिचौलियाका कारणले आएको जिकिर गरे। उनले निजी क्षेत्र र बिचौलिया फरक कुरा भएको बताए । उनले बिचौलियाहरुको पहुँच नेतृत्व तहको शयन कक्षसम्म हुने गरेकाले अहिलेको समस्या सिर्जना भइरहेको दाबी गरे ।

महामन्त्री थापाले भने, ‘प्राइभेट सेक्टर र बिचौलिया भनेको फरक कुरा हो। हाम्रो इकोनोमिमा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो। बिचौलियाहरुः म यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भन्दिनँ। बिचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो। नेतृत्वको बेडरुमसम्म हुने भयो। मलाई अहिलेसम्म थाहा थिएन-उनले भने ।
गभर्नर नियुक्ति प्रसंग उल्लेख गर्दै उनले भने (पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदा यो बन्ला
कि त्यो बन्ला भन्ने कौतुहलता हुने गरेको भए पनि अहिले बिचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस र छलफल हुने अवस्था देखिएको उनको दाबी छ ।









