![]()
सर्लाही,फागुन -१८, जिल्लाकाे लालबन्दीमा रहेको जनज्योती बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिले कृयाशिल बिद्यार्थीहरुको लागि संघसंगठन र समूह दर्ता गर्न आग्रह गरिएको छ।

जनज्योति बहुमुखी क्याम्पसमा आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि क्याम्पसमा गठित स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समिति २०८१,ले स्थानीय राजनैतिक दलका प्रतिनिधि र क्याम्पसमा क्रियाशील रहेका विद्यार्थी संघसंगठन र समूहहरूसँग आज आईतवार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हाे ।


बैठककाे निर्णय अनुसार पूर्व प्रकाशित सूचना बमोजिम फागुन १९ गते दिनको ३ बजे भित्र क्याम्पसमा क्रियाशील इच्छुक संघसंगठन र समूहलाई तपसिल बमोजिमका कागजात संलग्न गरि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समिति २०८१ को कार्यालयमा दर्ता गर्न जानकारीका लागि यो सूचना जारी गरिएको छ,´ सूचनामा भनिएको छ ।


यस्तो छ, सूचनामा उल्लेखित विवरण :-










