सर्लाही,फागुन -१८, नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवम् प्रदेश सभा सदस्य वीरेन्द्र प्रसाद सिंहले वर्तमान मधेश प्रदेश सरकार अतिवाद तर्फ उन्मुख भएको आरोप लगाएका छन ।

चियाेचर्चाे खबरकर्मी संगकाे संक्षिप्त कुराकानीका क्रममा मधेस प्रदेश सरकारका पूर्व स्वास्थ तथा जनसंख्या मन्त्री समेत रहेका नेपाली कांग्रेस संसदीय दलका उप नेता उपसभापति सिंहले नेपाली कांग्रेसले प्रदेशमा सुशासन , समृद्धि र विकासको लागि सतिश सिंह नेतृत्वको सरकारलाई समर्थन जनाएपनि सरकार त्यसको ठिक विपरित गएको टिप्पणी गरेका हुन ।

उनलेे यसअघि सामाजिक सञ्जाल फेसबुक मार्फत,´ मधेश प्रदेश सरकार अतिवाद तर्फ उन्मुख हुदै,।´भनी लेखेका थिए ।
उप सभापति सिंहले वेथिति, विकृति, विसंगति र भ्रष्टाचारमा चुर्लुम्म डुवेकाे वर्तमान सरकारले आफ्नो रवैया नसुधारे सत्ता पक्ष भए पनि चुप रहन नस्सक्ने चेतावनी दिदै,बाध्यात्मक परिस्थिति सिर्जना गर्ने वातावरण नबनाउन सचेत गराएका हुन ।

उनलेे मधेशमा सरकारको अनुभूति हुन नसकेको उल्लेख बताउदै, पार्टी भित्र व्यापक छलफल हुने बताए । चियाेचर्चाे खबरकर्मी संगकाे सम्बादमा उनले भने,´ वर्तमान सरकारले कांग्रेसलाई वेवास्ता गरेर हिडिरहे याे सरकारकै विकल्प खाेज्न कांग्रेस बाध्य हुनेछ,।´ सत्ता गठबन्धनकाे एउटा ठुलो घटककाे संसदिय दलका उप नेताबाट आएको यस्तो प्रतिक्रियालाई अर्थपूर्णरूपमा हेर्न मिल्ने राजनीतिक विश्लेषकहरू बाउछन ।

यस अघि कांग्रेस मधेस प्रदेश सभापति एवम् संसदीय दलका नेता कृष्ण यादवले पनि वर्तमान सरकारकाे बिकल्प खाेज्नुपर्ने विकल्प नरहेको बताएका थिए ।