सर्लाही, माघ-१२,नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुरलाई मातृ शाेक परेको छ ।
ठाकुरका ममतामई माता बैदेही देवीको ७५ वर्षको उमेरमा आज शनिवार असामयिक निधन भएको हाे।


परिवार स्रोतका अनुसार, हृदयघातको कारण उहाँको निधन भएको हाे । उहाँले केही समयदेखि उच्च रक्तचापको औषधि सेवन गर्दै आउनुभएको थियो ।


भारतमा लागेकाे महाकुम्भ स्नान गर्न जाने क्रममा बाटोमै असहज महसुस भएपछि उपचारको लागि मलंगवा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घाेषणा गरेकाे पारिवारिक स्राेतले जनाएको छ।


उहाँ भोलि दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।