रामबाबु खड्का
माघ-१२,लगातार दुई महिनादेखि ओरालो लागिरहेको नेपाली चलचित्रको व्यापारअझै लयमा फर्किन सकेको छैन। तर, यसै साता दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन्।
शुक्रबारबाट नकिम उद्दिन कार्यकारी निर्माता रहेको चलचित्र ´मिटिङ केटी हराएको सूचना´ प्रदर्शनमा आउँदैछ। त्यस्तै, १६ माघबाट राजन भुसालद्वारा निर्देशित चलचित्र याक्टर पनि प्रदर्शनमा आउने तयारीमा छ।
प्रदीप खड्काको चलचित्र ´याक्टर´मा चरित्रलाई केन्द्रमा राख्दै त्रिकोणात्मक प्रेमकथा र कठिन सङ्घर्षको कथा प्रस्तुत गरिएको छ। आना शर्मा, दिव्या रायमाझी, राजवल्लभ कोइराला जस्ता कलाकारहरूको अभिनय चलचित्रमा देख्न सकिन्छ।
यस चलचित्रबाट दिलीप रायामाझीकी छोरी दिव्या रायामाझीले डेब्यु गरेकी छन्। चलचित्र ´केटी हराएको सूचना´मा सृष्टि श्रेष्ठ र नाजिर हुसेनको मुख्य भूमिका छ। चलचित्रको निर्देशन दीपेन्द्र गौचनले गरेका हुन। मधेशी युवक र पहाडी युवतीबीच डेटिङ साइटमा चिनजान भएपछि आउने उतार(चढावको कथा फिल्ममा उतारिएको छ। निर्माता पक्षले चलचित्रले राम्रै व्यापार गर्ने र सेलाएको चलचित्र क्षेत्रलाई तताउने अपेक्षा गरिएको छ।
यसभन्दा अघि २५ पुसबाट प्रदर्शनमा आएको चलचित्र ´कार्साङझले राम्रो व्यापार गर्ने अपेक्षा गरेपनि चलचित्र एकसाता पनि हलमा टिकेन । नाम चलेका कलाकार दयाहाङ राई र जितु नेपाल चलचित्र ´कार्साङ´बाट पछारिएका छन्। यस चलचित्रबाट दिया मास्के र सिर्जना नेङखुलाई केही फाईदा र चलचित्र क्षेत्रमा चिनिने अवसर प्राप्त भएको देखिन्छ।
अहिले धेरै हलले ´कार्साङ´उतारिसकेका छन्। यदि यही अवस्था आयो भने चलचित्र केटी हराएको सूचनाझ पनि हलबाटै हराएको सूचना नआउला भन्न सकिन्न।
१६ माघबाट प्रदर्शनमा आउने चलचित्र ´याक्टर´को प्रचारप्रसारको शैली हेर्दा राम्रै खर्च गरिएको देखिन्छ। तर, हलमा कति दिन टिक्छ भन्ने कुरा अहिले भन्न सकिदैन ।