लालबन्दी ,पौष १७ , लालबन्दीमा रहेको जनज्योति बहुमुखी क्याम्पसलाई एनएमबी बैंक लालबन्दी शाखाले दुई थान प्रोजेक्टर प्रदान गरेको छ ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दिपक अधिकारीका अनुसार बैंकले सामाजिक उत्तरदायित्व बोध गर्दै मंगलवार एक लाख मूल्य बराबरको दुई थान प्रोजेक्टर प्रदान गरेको हाे ।
एनएमबी बैंकका मधेश प्रदेश प्रमुख दिपेन्द्र मिश्र, एरिया म्यानेजर कमलेश प्रसाद यादव, एरिया सर्विस म्यानेजर राजकुमार विश्वकर्मा तथा बैंकको लालबन्दी शाखाका प्रवन्धक अरुण आचार्यले क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दिपक अधिकारी, क्याम्पस प्रमुख उमेश तिमल्सिनाको रोहवरमा क्याम्पसमै पुगेर प्रोजेक्टर हस्तान्तरण गरेको हो ।
बैंकका लालबन्दी शाखाका प्रवन्धक अरुण आचार्यले जनज्योति क्याम्पसले प्रोजेक्टरको माध्यमबाट पठनपाठन सुरु गर्ने थाहा पाएपछि आफूहरुले प्रोजेक्टर प्रदान गरेको जानकारी दिए ।
हरेक बैंक तथा वित्तिय संस्थाहरुले नाफाको केही प्रतिशत रकम सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत खर्च गर्नुपर्ने प्रावधान अनुरूप हामीले पनि क्याम्पसलाई प्रोजेक्टर प्रदान गरेका हौ।’ प्रवन्धक आचार्यले चियाेचर्चाे खबरसंग भने, ‘