सर्लाही,मंसिर -२७,कम उमेरमा हुने बिवाहा तथा जबर्जस्ती रुपमा हुने विवाह अन्त्यका लागि ग्रामिण नारी उत्थान संघ मातहतमा रहेर कार्यगरिरहेका ५ वटा संस्थाको ३ दिने संस्थागत क्षमता मुल्यांकन तथा विश्लेषण कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
बीस वर्ष भन्दा कम उमेरमा हुने बिवाह तथा जबर्जस्ती रुपमा हुने विवाह अन्त्यका ग्रामिण नारी उत्थान संघ र सेभ द चिल्ड्रेनको साझेदारीमा सिइएफएम परियोजना मार्फत बाल तथा जवरजस्ती बिबाह रोकथाम ,न्यूनीकरण र अन्त्यका लागि विभिन्न गतिविधि सन्चालन हुँदै आएको छ।


यसै अन्तर्गत हरिपुर र ईश्वरपुरका सबै वडा र बस्तीहरुमा बाल बिवाह बिरुद्ध स्थानिय साझेदार संस्थाहरु मार्फत बिभिन्न अभियान चलाई रहेका संस्थाको आन्तरिक अवस्था एवं उनीहरुको क्षमता विश्लेषण तथा मुल्यांकन गर्ने उदेश्यले एक दिनमा २ वटा संस्थाको सहभागितामा रहने गरि मंगलवारबाट सुरुभएको कार्यशाला आज बिहिवार समापन भएको हो । मंगलवार हरिपुरकाे लक्ष्मीनाथ युवा क्लव र नगरस्तरीय मुसहर महिला शशक्तिकरण संजालको अवस्था मुल्यांकन गरिएको थियो । बुधवार ईश्वरपुरको डुपुस नेपालको सहभागितामा कार्यक्रम भएको थियोे । आज अन्तिमदिन ईश्वरपुरकै सिर्जनसिल महिला क्लब र सामुदायिक बिकासका लागि युवा सहभागिता नामक संस्था बीचमा कार्यशाला सम्पन्न भएको परियोजनाकि संयोजक सिर्जना बस्नेतले जानकारी दिइन् ।

लालबन्दी स्थित होटल युनाइटेड मा ३ दिन सम्म चलेको कार्यशालाको सेभ द चिल्ड्रेनका अन्तर्गत सीइएफएम परियोजनाका स्रोत व्यक्ति शान्तिराम भण्डारी , रचना थापा चौधरी र संयोजक बस्नेतले सहजीकरण गरेका थिए । कार्यशालामा संस्था संचालनको न्युनतम योग्यता , आधारभूत आवश्यकता , मापदण्ड र अबलम्बन गर्नुपर्ने संस्थागत नीति नियम आदिका बारेमा बृहद छलफल र योग्यता मुल्यांकन तथा विश्लेषण गरिएको संस्थाका उपाध्यक्ष बिष्णु चालिसेले जानकारी दिए ।


परियोजनाले स्थानिय संघ संस्थाहरु मार्फत नै कार्यक्रम संचालन र कार्यन्वयन गर्ने नीतिलाई बढावा दिदै सन् २०३० भित्र पूर्णतया बाल विवाह अन्त्य गर्ने लक्ष्य राखेको छ ।
अविकसित एवं अल्पविकसित देशहरु खासगरी दक्षिण एसिएका केहि मुलुकहरुमा प्रमुख समस्याको रुपमा रहेको बाल विबाह पछिल्लो समय सभ्य तथा सुसस्कृत समाजको चुनौतिको विषय भएकाले यसका विरुद्द डटेर लाग्नुपर्नेमा संस्थाकी अध्यक्ष गोमादेवी न्यौपानेले जोड दिइन् ।