ठाकुरप्रसाद बख्रेल/सर्लाही
असाेज -१९, जिल्लाकाे हरिपुर नगरपालिकामा रहेको शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाको २२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष रमेशकुमार साहको अध्यक्षता तथा संविधानसभा सदस्य रामचन्द्र चौधरीकाे प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हाे ।


संस्थाले साधारणसभा मार्फत आफ्ना शेयर सदस्यहरुबाट छोरी जन्मिए प्रोत्साहन स्वरुप  १५ सय  प्रदान गर्ने , अन्तर सहकार्य भ्रमण कार्यक्रम गर्ने, वचत प्रोत्साहन योजना,आदि लोकप्रिय  घोषणा समेत गरेको छ।
आर्थिक वर्ष २०८०/८१  ८ करोड ४४ लाख १४ हजार तीन सय छत्तीस रुपैया बराबरको  कारोबार  गरेको संस्थाले जनाएको छ।  साधारणसभा कुल १ करोड २८ लाख ९५ हजार सात सय बैसठ्ठी रुपैया आय र ९० लाख ३९ हजार सात सय अठसठ्ठी रुपैया ब्यय विवरण प्रस्तुत गरिएको थियो ।


कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष विष्णु चालिसेले पछिल्लो समयमा सहकारी संस्थामाथी चौतर्फी आक्रमण भैरहेको अवस्थामा पनि संस्थाले निरन्तर प्रगतिमा जनता र सदस्यहरुको भरोसामा आफ्नो गतिविधि संचालन गरिरहेको को बताए ।
साधारणसभामा राम्रो कारोवार गर्ने ३५ जना सदस्यलाई दोसल्ला, प्रसंशा पत्रसहित प्रेसर कुकर प्रदान गरि सम्मान गरिएको थियो ।

संस्थाले ११० जना सेयर सदस्यलाई स्टेशनरी सामाग्री , सेयर सदस्यका बालबालिकामध्ये उत्कृष्ट अन्क ल्याउने ६ जना लाई छात्रवृत्ति समेत प्रदान गरेको संस्थाका अध्यक्ष रमेशकुमार साहले जानकारी दिए  ।
१ हजार ३५ जना सेयर सदस्य रहेको संस्थाकाे साधारण सभामा, ८१७ जनाकाे उपस्थिति रहेकाे संस्थाले जनाएको छ ।
साधारणसभामा सहकारी रजिस्ट्रार कार्यालय जनकपुरका अधिकृत शुनिल थापा,हरिपुर नगरपालिका उपप्रमुख निलम देवि राय, स्थानीय वडाका वडा अध्यक्ष लगायतको उपस्थिति रहेको छ।