
सर्लाही,भदौ-३१,जिल्ला सदरमुकाम मलंगवामा पहिलो पटक “बिबिए” (Bachelor of Business Administration) पठनपाठन शुरु गर्न लागिएको छ।
स्थानीय विद्यार्थीहरूलाई व्यवस्थापनको क्षेत्रमा उच्च शिक्षा हासिल गर्ने एउटा महत्त्वपूर्ण अवसर प्रदान गर्ने उद्देश्यले “बिबिए” काे पठनपाठन शुरु गर्न लागिएको ब्रह्मभुमि इन्स्टिच्युट अफ साइन्स टेक्नोलोजी एण्ड म्यानेजमेन्टका सिइओ राकेश कुमार सिंहले जानकारी दिए ।

राजर्षि जनक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त इन्स्टिच्युटमा यस वर्ष पहिलो चरणमा ४० जना छात्रछात्रले अध्ययन गर्न पाउने ब्रह्मभुमि इन्स्टिच्युट अफ साइन्स टेक्नोलोजीका सिइओ डाक्टर सिंहले जानकारी दिए ।
विद्यार्थीले वार्षिक ७० हजार मात्र वार्षिकरूपमा तिरेर याे विषय पढ्न पाउने इन्स्टिच्युट व्यवस्थापन ले जनाएको छ । जिल्ला बाहिरका विद्यार्थीले मासिक ८ देखि १२ हजार तिरेर सुबिधा सम्पन्न छात्रावासकाे सुविधासमेत लिन सक्ने इन्स्टिच्युट व्यवस्थापनले जनाएको छ ।

इन्स्टिच्युट सर्लाहीमा यो कोर्स अध्यापन गराउने पहिलो शैक्षिक संस्था हाे । शैक्षिकसत्र २०८१/२०८२ का लागि औपचारिक रूपमा विद्यार्थी भर्ना सुरू भइ सकेको ब्रह्मभुमि इन्स्टिच्युट अफ साइन्स टेक्नोलोजीले (आज) साेमवार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
बिबिएमा विद्यार्थीहरूलाई व्यवसाय, वित्त, लेखा, बजार व्यवस्थापन, र मानव संसाधनजस्ता महत्वपूर्ण विषयहरूमा ज्ञान प्रदान गरिने ब्रह्मभुमि इन्स्टिच्युट अफ साइन्स टेक्नोलोजीले जनाएको छ ।

मलंगवामा रहेको इन्स्टिच्युटबाटै व्यवस्थापन र व्यवसाय सम्बन्धी उच्च शिक्षा हासिल गर्न पाउने भएपछि सर्लाही र आसपासका जिल्लाका विद्यार्थीकाे काठमाडौं र अन्य ठूला शहरहरूमा जानुपर्ने बाध्यताकाे अन्त्य हुने विश्वास गरिएको छ ।
बिबिए कार्यक्रम चारवर्षे स्नातक तहको पाठ्यक्रम हो, जसले विद्यार्थीहरूलाई व्यवसाय, वित्तीय योजना, मानव संसाधन व्यवस्थापन, र उद्यमशीलताकाे क्षेत्रमा व्यापक ज्ञान प्रदान गर्ने सञ्चालक/ सिइओ सिंहले जानकारी दिए ।









