काठमाडौं,भदौ -२४, राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई नेपाली सेनाको प्रधानसेनापति पदको दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
सोमवार (आज)राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच राष्ट्रपति पौडेलले शर्मालाई सो  दर्ज्यानी चिन्ह प्रदान गरेका हुन ।


सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन । सिग्देललाई राष्ट्रपति पौडेलले यही भदौ १२ गते प्रधानसेनापति पदमा आजबाट लागु हुने गरी नियुक्त गर्नुभएको थियो । 


समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पाैडल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मावबीर राई, नेपाल सरकारका उच्च पदस्थ अधिकारहरू, सुरक्षा अंगका प्रमुख लगायताकाे उपस्थिति रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । तस्बिर साैजन्य : राष्ट्रपतिको कार्यालय शीतल निवास।