सर्लाही,भदौ–१७, आज कुशे औँसी पितालाई सम्मान प्रकट गर्दै बुवाको मुख हेर्ने दिन, जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर —२ मा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धसेवाश्रले पनि वृद्धवृद्धाहरुलाई सम्मान गरि मिष्ठान्न भोजन गराएको छ ।
हरेक वर्ष जस्तै यस वर्ष पनि बृद्धसेवाश्रले एक कार्यक्रको आयोजना गरि स्थिानिय ४ जना जेष्ठ नागरिकलाई दोसल्ला ओडाएर सम्मान गरेको हो । उक्त अवसरमा अश्रममा आश्रित वृद्धवृद्धाहरुलाई मिष्ठान भोजन गराइएको थियो ।
आश्रमका संस्थापक÷संरक्षक बासुदेवशरण कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री बेची लुंगेलीले हाम्रो धर्म संस्कृतिले वृद्धवृद्धाहरुलाई सम्मान गर्न सिकाएको बताइन् ।
उनले पछिल्लो समय धेरै वृद्धवृद्धाहरु छोराछारीका कारण आफ्नो घर छाड्न बाध्य भएको भन्दै दुःख व्यक्त गरिन । उनले घर छाड्न बाध्य पारिएका वृद्धवृद्धाहरुलाई आश्रय दिएर आश्रमका संस्थापक÷संरक्षक बासुदेवशरण कोइरालाले महान कार्य गरेको बताइन् ।
कर्यक्रमा विशिष्ट अतिथि सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले पछिल्लो समय फेसबुकमा फोटो हाल्न मातापिताको सम्मान गर्ने प्रवृत्ति बढेको भन्दै यसको अन्त्य गर्न आग्रह गरे । उनले कार्यक्रममा कवि अर्जुन पराजुलीको कविता बाचन गर्दै, घरमा रहेका वृद्धवृद्धाहरुको सम्मान गरि आश्रम सम्म पुग्नुपर्ने वातावरको अत्य गर्न आग्र गरे ।
आश्रमका संस्थापक÷संरक्षक बासुदेवशरण कोइरालाले आफुलाई आझै मर्ने रहर नभएको बताए । उनले विश्वास र सम्मन गरेकाहरुले राष्ट्रयता र समाज प्रति आघात गरेको बताए । यसको विरुद्ध अहिले पनि क्रान्तिको आवश्यक्ता रहेको उनको तर्क थियो । उनले क्रान्ति बम बारुदबाट नभई मानिसको हृदयमा परिवर्तन ल्याउने हुनुपर्ने बताए । त्यसको लागि आफु शारीरिक रुपमा कमजोर भएपनि वृद्ध भए पनि सत्याग्रह (अन्सन) बस्न तयार रहेको बताए ।
कार्यक्रममा संस्थाकी अध्यक्ष एवम् व्यवस्थापक भवानी कोइरालले स्वागत मन्तव्य राखेकी थिइन् । नेपाली सेना पाँचकुकारी व्यारेक भैरवी दल गणले मञ्च व्यवस्थापन एवम् नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुख राजनीतिक दलका प्रमुख तथा प्रतीनिधी स्थानिय नागरिक तथा सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।