
काठमाडौं,भदौ -१३, राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले (आज) बिहिवार नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन ।

विधेयक सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष पेस भएको राष्ट्रपति कार्यालयद्वारा विज्ञप्तिमा उल्लेख छ । तस्बिर साैजन्य : राष्ट्रपति कार्यालय ।










