
मलंगवा, १३ भदौ – सदरमुकाम मलंगवाबाट सशस्त्र प्रहरीले २७ लाख ७७ हजार ५५२ रुपैंया बराबरको पटाका बरामद् गरेको छ ।
गए राती ८ बजे तिर मलंगवा नगरपालिका–४ गणेशिया चौरको चिम्नि नजिकैबाट पटाका बरामद् गरिएको सशस्त्र प्रहरीले जानएको छ ।

सशस्त्र प्रहरी बल नम्बर १० गण हेडक्वाटर सर्लाहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालका अनुसार गणबाट खटिएको टोलीले दुई कोठे टिनको कच्चि टहरामा शंका लागि चेकजाँच गर्दा बेवारिसे अवस्थामा रहेको पटाका बरामद् गरेको हो ।

यस सम्बन्धमा आवश्यक कार्वाही प्रकृया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । दिपावली, र छठ पर्व नजिकिएसंगै नेपालमा प्रतिबन्धित पटाकाजन्य सामग्री हरेक वर्ष सर्लाही नाका हुदै तस्करीको माध्यबाट देशको मुख्य शहरहरुमा पुर्याईने गरेको पाईन्छ । प्रहरीले हेक वर्ष ठूलो परिमाणमा पटाकाजन्य सामग्री नियन्त्रणमा लिइ नष्ट गर्दै आएको छ ।









