हरिपुर,भदौ -५ हरिपुर नगरपालिका का अधिकृत रुपलाल देवकोटा आजबाट सेवा निवृत्त भएका छन् ।
२७ वर्ष सरकारी सेवामा रहेका  देवकोटा उमेर हदको कारण आजबाट सेवा निवृत्त भएबा सूचना अधिकारी विनय पौडेलले जानकारी दिए।


देवकोटालाई  नगरपालिकाको सभा हलमा आयोजित एक कार्यक्रममा  नगरप्रमुख गोपाल पंजियारले बिदाइ गरेका हुन। देवकोटाको बिदाईमा हरिपुर नगरपालिका वडाअध्यक्ष, विषयगत शाखा प्रमुख , कर्मचारीलगायको उपस्थिति रहेको थियोे ।


उनलाई  फुलमाला दोसल्लासहित  बाँकी जीवनको  उतरोउतर प्रगतिकाे कामना गर्दै  कदरपत्रले सम्मान गरिएको थियो ।