प्रतिकात्मक तस्विर ।


सर्लाही ,भदौ—६, देशका धेरै ठाउँमा आउँदो तीन दिनसम्म पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गएराति र बिहान सर्लाहीको पत्थरकोटसिहत उदयपुरको सुन्दरपुर, सिन्धुपाल्चोकको नाकोटे, बर्दियाको दौलतपुर, कैलालीको बचिला र कचिला,कैलालीको टीकापुर र म्याग्दीको मङ्गलघाट क्षेत्रमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


महाशाखाका अनुसार आज कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरु तथा बाँकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न यी क्षेत्रमा बसोवास गर्ने सवैलाई सजगता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


वर्षाका कारण कटैनी नदीमा पानीको बहाव बढेपछि कैलालीको कैलारी गाउँपालिका–५ पुरानो मनिकापुर बस्ती डुबानमा परेको छ । बस्तीका एक सय २६ जनामध्ये १९ घरधुरीका एक सय १६ जना आफ्नै घरको माथिल्लो तलामा तथा आफन्तको घरमा सुरक्षित साथ बसेका र पाँच परिवारका १० जनालाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ ।