लालबन्दी , असार –१४, जिल्लाकाे लालबन्दीमा बालविवाह, कम उमेरमा हुने विवाह तथा जवरजस्ती रुपमा हुने विवाह अन्त्यका लागि साझेदार संस्थाहरुको क्षमता विकास तथा कार्ययोजना निर्माण गोष्ठी सम्पन्न गरिएको छ ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र ग्रामिण नारी उत्थान संघ संघ हरिपुरको आयोजनामा युनाईटेड हाेटल इन लालबन्दीमा आयोजना गरिएको ४ दिने गोष्ठीको आज समापन गरिएको हो ।


ईश्वरपुर र हरिपुरका छनाेट परेका ५ वटा संस्था गोष्ठीमा सहभागी भएका हुन । जसमा ईश्वरपुरका समुदायमा आधारित संस्थाहरू सामुदायिक बिकाशका लागि युवा सहभागिता संस्था,अपांग,अनाथ,वृद्ध उत्थान समाज नेपाल तथा सृजनसिल महिला क्लव र हरिपुरका मुसर महिला सशक्तीकरण सञ्जाल एवम् लक्ष्मीनाथ युवाक्लव रहेका छन् ।
‘सभ्य यो समाजमा हामी सबैको हो जिम्मेवारी, विहेबारी महिला होस् या पुरुष दुवै २० वर्ष पारी’ भन्ने गोष्ठीकाे मूल नारा रहेको थियो ।


संस्थाकी अध्यक्ष गोमादेवी न्यौपानेको अध्यक्षतामा भएको गोष्ठीको सहजिकरण सालिकराम कालाथाेकी गरेका परियोजना संयोजक सिर्जना बस्नेतले जानकारी दिइन् ।
सन २०३० सम्ममा बालविवाह अन्त्य गर्ने सरकारकाे लक्ष्य अनुरूप उदेश्य पुरा गर्न संस्थाले काम गरिरहेकाे संस्थाकी अध्यक्ष गोमादेवी न्यौपाने चियाेचर्चाे खबरलाई जानकारी दिइन् ।