
सर्लाही,असार -४, आज तुलसीको दल अर्थात बीउ राख्ने दिन ।वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घर आँगनमा रहेको मठम तुलसीको दल अर्थात बीउ राख्दैछन् । हरेक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ ।

यस दिन रोपेको बीउ एक महिनापछि असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ । असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यो चार महिनालाई चतुर्मास भनिन्छ । चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने जन विश्वास छ ।

आयुर्वेमा तुलसीलाई लाभकारी औषधि मानि विभिन्न रोगको उपचारमा समेत प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले प्रमाणित गरेको छ ।एकादशी भएकाले आजको दिन देशभरका नारायणस्थान एवम् विष्णु मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गर्छ ।









