
सर्लाही,वैशाख -१४, जिल्लाको लालबन्दीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार मृत्यु हुनेमा माेटरसाइकल चालक लालबन्दी नगरपालिका-३ जब्दीका ५० वर्षीय राजकुमार चौधरी रहेका छन् ।नगरकाे वडा नं- ५ मेजरगंज स्थित जरुवा पानी नजिकको रेल्वे ट्रयाकमा ज ११ प ७५४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तल खस्दा चाैधरीकाे मृत्यु भएको हाे ।

मोटरसाइकल पल्टिएको अवस्थामा करिब ८:५० राति चौधरीलाई स्थानीयले उद्धार गरी लालबन्दीमै रहेको मोडेल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
चौधरीको शव पोस्टमार्टमका लागि राति नै प्रादेशिक अस्पताल मलंगवा लगिएको प्रहरीले जनाएको छ।









