लालबन्दी, चैत-९ , जिल्लाको लालबन्दी बजारमा आज शुक्रवर बिहान लालबन्दी बैंकर्स क्लबले प्रभातफेरि निकालेको छ ।
राष्ट्र बैंकले जारी गर्ने नीति निर्देशन अध्ययन गर्न तथा बैंकिङ नीति, नियम र सुरक्षा पालन गर्न सचेत गराउने उद्देश्यले  प्रभातफेरि निकालिएको हो |


Globle Money week अन्तर्गत लालबन्दीमा रहेका बैंकहरुको संयुक्त आयोजनामा निकालिएको प्रभातफेरिकाे मुल नारा “तपाईको पैसा सुरक्षित गर्नुहोस्‌,भविष्य सुरक्षित पार्नुहोस्‌” भन्ने रहेको थियो ।


लालबन्दीमा रहेका सवै  बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुख /प्रवन्धक तथा कर्मचारीहरुको सहभागितामा लालबन्दी-७ स्थित डुमडुमे मन्दिरबाट सुरु भएको प्रभातफेरि  लालबन्दी- ६  जनवादी चोकमा पुगेर टुंगिएको महालक्ष्मी बिकाश बैंक लालबन्दीका प्रवन्धक प्रशान्त अर्यालले जानकारी दिए ।