नेपाली कांग्रेसका नेताकार्यकर्ता संगको संक्षिप्त भेटमा ,

सर्लाही,माघ—१५,नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले चुनावी गठबन्धनका कारण मधेसमा नेपाली कांग्रेसको ठुलो धरातल गुम्दै गएको बतएका छन् ।
उनले कहिले कुन पार्टी कहिले कुन पार्टीमा भोट हाल्नु पर्ने बाध्यताका कारण पार्टीको प्रभाव क्षेत्र मधेशमा बिचलन आएको तर्क गरे ।
पार्टीले सुरुगरेको ‘समुदायमा कांग्रेस’ अभियान कार्यक्रममा सहभागि हुन सर्लाही आएका केन्द्रय सदस्य लामले सोमवर बिहान लालबन्दीमा नेपाली कांग्रेसका नेताकार्यकर्ता संगको संक्षिप्त भेटमा ेयस्तो बताएका हुन ।
पार्टी छाडेर अन्य पार्टीमा गएकाहरुलाई केन्द्रले समयमा किन कार्वाही गर्दैन भन्ने कार्यकर्ताको जिज्ञासामा केन्द्रीय सदस्य लामाले,
विधान अनुसार केन्द्रले गर्ने बताउदै पौने नौलाख क्रियाशील सदस्य भएको पार्टीमा विधानअनुसार वडा स्थरबाट जिल्लाहुदै गएमा कार्वाही
प्रक्रिया अघि बढ्ने बताए ।उनले वडामा क्रियाशील सदस्य बनाउदा आफ्नालाई मात्र बनाउने परिपाटी रहेकाले यसको अन्त्य हुनुपर्ने तर्क गरे ।


जिल्लामा नियमित बैठक बस्ने गरेको छकिछैन भन्ने केन्द्रीय सदस्य लामाको जिज्ञासामा जिल्ला सहसचिव यन्द्र योन्जनले
आवश्यकता अनुसार बस्ने गरेको बताए । सहसचिव योन्जनले अधिवेशन भएको २ वर्ष बित्दा पनि जिल्लामा बिभागहरू गठन नभएको बताए।
क्षेत्र नं १ (ख)का सभापति सीताराम दाहाल लगाएतका नेताहरुले पार्टीका सदस्यहरूले अन्य पार्टीका सदस्यता लिइरहेको तर्फ नेन्द्रीय सदस्य लालमाको ध्यानाकर्षण गराएका थिए ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् लालबन्दी नगरपालिका का मेयर वासुदेव अधिकारीले,क्षेत्रीय प्रतिनिभिबाटै नगर सभापति चुन्ने व्यवस्था गर्न आवश्यक रहेको तर्क गरे ।
निवर्तमान नगर सभापति प्रशान्त आचार्यले तीनै तहको सरकार कांग्रेसकै रहेकाले कांग्रेसमा जताको आकर्षण बढाउन केही नौलो कार्य गर्न आग्रह गरे । उनले भातृ संगठनलाई चलाएमान बनाउनुपर्ने बताए । उनले १६ गते प्रत्येक वडामा कार्यक्रम गर्नुपर्ने भनिए पनि अहिले सम्म सर्कुलर नभएको भन्दै दुःख व्यक्त गरे । उनले पार्टी सदस्य वितरण लगायतका विषयमा नयाँ प्रविधिको प्रयोग गरेर जानुपर्ने तर्क गरे ।कांग्रेस छोडे भन्ने चिन्ता गर्नु भन्दा कांग्रेस बनाउन प्रयत्न गर्न आग्रह गरे ।
गठबन्धनका गरेर केही सिमित वडामा मात्र जितेका पार्टीलाई प्रदेश र प्रतिनिधिसभामा टिक दिएर तमाम कार्यकर्तालाई अन्य पार्टीमा मत हाल्न बाध्य पारेको बताए । जसको कारण पार्टीको समानुपातिक तर्फको मत घटेको बताए ।संक्षिप्त भेटमा कांग्रेस नेताकार्यकर्ताहरुले पार्टीलाई चलाएमान बनाउन केन्द्रीय सदस्य लामालाई लालबन्दी लगायतका कतिपए
ठाउँमा अहिले पनि नगर कमिटी अधिवेशन नभएकोले त्यसको वातावरण बनाउन आग्रह गरे ।


नेपाली कांग्रेसले यही माघ १६ मंगलवार शहीद दिवसका अवसरमा हुने ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत वडा तहको कार्यक्रममा सबै केन्द्रीय सदस्यलाई ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।शहीद दिवसका दिनमा कांग्रेसले देशभरका सबै वडामा एकसाथ कार्यक्रम गर्दैछ । माघ १६ बाट ‘समुदायमा कांग्रेस’ अभियान औपचारिक रुपमा सुरु गरि ६ हजार ७४३ वटै वडा कार्यक्रम गर्न लागेको हो ।
अभियानका क्रममा वृक्षारोपण, सम्पदा सरसफाइ, नदीनाला सरसफाइ, शिक्षा शिविर, स्वास्थ्य शिविर, रक्तदान, श्रमदान वा स्वास्थ्यसँग सम्बन्धित वा अन्य कुनै न कुनै वडाले तय गरेको सामाजिक अभियान कार्यक्रम हुने कांग्रेसले जनाएको छ ।शहीद दिवसको अवसरमा हुने कार्यक्रममा देशैभर शहीद परिवार, द्वन्द्व पीडित परिवार र प्रजातन्त्र सेनानी लगायतलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ ।
यसै विषयमा छलफल गर्न नेपाली सर्लाही जिल्ला कार्य समितिले पार्टी कार्यालय मलंगवामा बैठक बोलाएको छ ।