कृष्ण थपलिया/सर्लाही

भदौ -२३, जिल्ला सदरमुकाम मलंगवामा दुई पक्षबीझ झडपकाे स्थिति बनेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यू आदेश जारी गरेको छ ।


प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवका अनुसार शनिवार (आज) साँझ ५ बजेदेखि आईतवार बिहान ८ बजेसम्म सदरमुकाम मलंगवा बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हाे |
गय साँझ कृष्ण जन्माअष्ट्मीको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप हुँदा मलंगवा बजार क्षेत्रमा शान्ति अवस्था बिग्रेको थियो । स्थिती नियन्त्रण लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउन्ड हवाई फायर गर्नु परेको थियो ।
साेही विवाद सम्बन्धी विषयलाई लिएर साविक मलंगवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहार गरि विरोध प्रदर्शन हुनथाले पछि सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै, स्थानीय प्रशासन ऐन २०२८ अनुसार कर्फ्यू आदेश जारी गरिएको प्रजिअ यादवले जानकारी दिए ।
उनका अनुसार साविक मलंगवा नगर क्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सिमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट/पिट्रोल पम्म सिमा क्षेत्र) भित्र निशेध आज्ञा जारी गरिएको छ ।


निशेध आज्ञा शनिवार (आज) मिति २०८०।०५।२३ गते बेलुका ५:०० बजे देखी भोली मिति २०८०।०५। २४ गते बिहान ८:०० बजे सम्म रहने छ ।
साे अवधिमा कसैले पनि आजवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिलडुल गर्न एवम्‌ अरु कुनै प्रकारको उत्श्रृंखल क्रियाकलाप गर्न नपाउने गरि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरिएको छ ।
आदेशको उल्लंघन गरिएमा उक्त ऐन अनुसार सुरक्षामा खटिएका सुरक्षाकर्मीले गाेली प्रहार गर्न सक्ने अधिकार छ।