हरिपुर,जेठ -२५,सर्लाहीको हरिपुर नगरपालिका अन्तर्गतका सामुदायिक बिद्यालयमा अध्यापन गराउने शिक्षकहरुका लागि बुधवारदेखि तीनदिने एकीकृत पाठ्क्रम कस्टमाइज्ड तालिम सुरु गरिएको छ।

सामुदायिक विद्यालयमा १ कक्षादेखि ३ कक्षासम्म पढाउने शिक्षकका लागि यो तालिम सुरु गरिएको हरिपुर नगरपालिकाका शिक्षा शाखाका संयोजक नागेश्वर रायले जानकारी दिए ।

अत्यधिक गर्मीले विद्यालय बन्द भएको बेला शिक्षकको क्षमता अभिवृद्धि गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो। नगरपालिकाको सभाहलमा सुरु भएको तीनदिने तालिमको हरिपुर नगरपालिकाका उपप्रमुख निलमदेवि रायले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल, प्रशासन शाखा प्रमुख बिनय पौडेल र आर्थिक शाखा प्रमुख भुपेन्द्रकुमार सिंह लगायतको उपस्थिति रहेको थियोे ।
त्यसैगरी जेठ २५ र २६ गते प्रधानाध्यापकलाई आईसिटी सम्बन्धि तालिम सन्चालन गर्ने पनि शिक्षाका शाखा प्रमुख रायले जानकारी दिनुभयो ।









