धनकौल, माघ १२ –

          सर्लाहीको धनकौल गाउँपालिकामा सोमबार नेपाली कांग्रेसले पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ ।

          नेपाली कांग्रेस धनकौल गाउँपालिका समितिको आयोजनामा भएको कार्यक्रममा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) का नेता कार्यकर्ताले पार्टी परित्याग गरी कांगे्रस प्रवेश गरेको धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले चियोचर्चो खबरलाई बताए । धनकौल गाउँपालिका–४, महिनाथपुरमा भएको कार्यक्रममा नेकपा र जसपाका १५० जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको साहको दाबी छ ।

नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रदेश क्षेत्रिय सभापति हरेन्द्र सहनी, धनकौल वडा नं ४ का कांग्रेस सभापति चन्द्र पासवान लगायतको उपस्थिती रहेको थियो ।

सर्लाही क्षेत्र नं ४ मा यस अघि पनि करिव २ हजारको हाराहारीमा  बिभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेमा प्रवेश गरिसकेका नेपाली कांग्रेस सर्लाही क्षेत्र नं ४ ले जनाएको छ  ।