सर्लाही,भदौ -५,लालबन्दी नगरपालिका वडा नं.७ का वडाध्यक्ष कृष्ण कार्की (गाेपाल) ले वडामा जथाभावी फाेर फाल्ने र साैच गर्ने व्यक्तिलाई फूल दिने अभियान सुरु गरेका छन् ।


जथाभावी फाेहाेर नफाल्न आग्रह गर्दै वडाले यश अघिनै ५ हजार जरिवाना लेखिएको हाेडिङबाेडहरू राखेको थियोे ।
जथाभावी फाेर नफाल्न आग्रह गर्दै ठाउँठाउँमा चेतावनीसहित लेखिएको हाेडिङबाेडहरू राखिएको भएपनि बेवास्ता गर्दै फाेर फाल्ने,साैच गर्ने क्रम नराेकिए पछि आफुहरूले फूल दिएर सम्झाउदै अब आइन्दा यस्तो नगर्न आग्रह गर्ने गरेको वडाध्यक्ष कार्कीले चियाेचर्चाे खबरसंग बताए ।


अभियान भाद्र १ गते बाट सुरु गरेको भएपनि आज (आईतवार ) निशेधित क्षेत्रमा आफुहरू पुग्दा केही मानिसहरू पिसाब गर्दैगर्दा,फाेहाेर फाल्दै गर्दा फेला परेकाले फूल दिएर सम्झाइबुझाई गरिएको वडाध्यक्ष कार्कीले बताए ।
वडाध्यक्ष कार्कीका अनुसार पहिलो चरणमा चेतनाका लागि हाेडिङबाेडहरू रखिएकाे ,दाेस्राे चरणमा फूल दिएर सम्झाउने काम भएको छ । अब पनि अटेर गरे ताेके अनुसारको जरिवाना तिराइने वडाध्यक्ष कार्की बताए ।


नगरपालिकाले ग्रिण एण्ड क्लिन सिटी नामक गैह्र सरकारी संस्थासंग संझाैता गरी फाेहाेर संकलन गर्ने कार्य गरेको भएपनि लालबन्दी जथाभावी फाेहाेर फाल्ने क्रम राेकिएकाे छैन।
यहाँका मानिससंग सामान्य शुल्क लिएर आफुहरूले घर पसल बाटै फाेहाेर संकलन गर्ने गरेको भएपनि धेरैले अहिले पनि आफ्नो घर पसलको फाेहाेर सडकमै फाल्ने गरेको ग्रिण एण्ड क्लिन सिटी लालबन्दीका प्रवन्धक माधव बरालले बताए ।
उनका अनुसार संस्थाले अहिले फाेहाेर संकलन गर्नुकासाथै सडकमा उम्रिएका बिरुवा उखेल्ने झार,झाडी सफाइ गर्ने कार्य गर्दै आएको छ ।