
लालबन्दी,भाद्र—१२,सर्लाही लालबन्दी ८ मा सञ्चालित असिस्टेन्ट व्युटिसियन तालिमका सहभागिलाई शनिवार (आज) एक कार्यक्रमकाबिच प्रमाण—पत्र वितरण गरिएकाे छ ।
आईएफएडीको आर्थिक सहयोग, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) हेल्वेटासको प्रविधिक सहयोगमा गण्डकी पोलिटेक्निक इन्सिच्युट प्रा. लि.द्वारा सञ्चालित ६५ दिने असिस्टेन्ट व्युटिसियन तालिमका सहभागिलाई प्रमाण—पत्र वितरण गरिएको हो ।

गण्डकी पोलिटेक्निक इन्सिच्युट प्रा. लि.का कोडिनेटर घम कुमार श्रेष्ठ (राज कुमार)को सभापतित्व तथा लालबन्दी ८ का वडाध्यक्ष एवम् लालबन्दी नगरपालिकाका प्रवक्ता राजन कुमार श्रेष्ठको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको संस्थाले जनाएको छ ।

प्रमुख प्रशिक्षक बविना श्रेष्ठ , निशा वाईवा (सिता माया वाइवा) ,रविना खड्का लगाएत ४० जनाको सहभागीतारहेको कार्यक्रममा सहभागी महिलाहरुले महान चाड हरिताका तीजको शुभकामना आदान प्रदान समेत गरेका थिए ।








