भावविह्वल अवस्थामा,अन्त्येष्टिमा सहभागि हुन आएका आफन्त र स्थानीय ।

लालबन्दी, भाद्र ८–लालबन्दी १७ रानीगंजकी १४ वर्षीया बालिका प्रियंका भुजेलको शव फेलापरेको ८ औं दिनमा अन्त्येष्टि गरिएको छ ।
लालबन्दी–१७, रानीगंजका वडाध्यक्ष नवराज अधिकारीका अनुसार उनको शवलाई कालिन्जोर खोला स्थित रेलको पुल नजिक अन्त्येष्टि गरिएको हो ।अन्त्येष्टिका लागि उनको शव गाउँनजिकको खोलामा पुर्याउदा उनको अन्त्येष्टिमा सहभागि हुन आएका स्थानीय भावविह्वल भएका थिए । अन्त्येष्टिमा सहभागी हुन आएका प्रायःसवैको आखा रसाएको थियो । उनिहरुमा पीडासंगै आक्रोस पनि देखिएको थियो । ‘उनिहरु भन्दै थिए,‘हत्यारालाई फसिकै सजाएय हुनुपर्ने,’।


अभियुक्तहरु लाबन्दी नगरपालिका–१७, रानिगन्जकै १९ वर्षीय अनिष दाहाल र वर्ष १९ कै कृष्ण साहलाई सोमवार साँझ जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो ।
गएको वुधवार नै पोष्टमार्टम गरिएको प्रियंकाको शव हत्यारालाई सर्वजनीक गर्न माग गर्दै परिवाले बुझेका थिएन्न् । उकाको शव जिल्ला अस्पताल मलंगवामै रहेको थियो । प्रहरीले सोमवार प्रियंकाको हत्यामा संलग्न अभियुक्तलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेपछि मंगलवार अपरान्ह परिवारले शव बुझेका हुन ।
अभियुक्तहरुलाई सर्वस्वसहित जन्मकैद सजाएको मांग राखेर आफुहरुले शव बुझेको लालबन्दी १७ का वडाध्यक्ष नवराज अधिकारीले चियोचर्चो खबरलाई जानकारी दिए ।