२०८२ असोज २४ गते शुक्रवार, १० अक्टोबर २०२५। कार्तिक कृष्णपक्ष चतुर्थी तिथि। कृत्तिका नक्षत्र। आज चन्द्रमा बिहान ६ः१० मिनेट सम्म मेष राशिमा त्यस पछि , वृष राशिमा रहने छन् ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
असंयम व्यवहारले सहयोगीहरू टाढिन सक्छन्। अरूको आलोचना गर्दा आफैंलाई हानि हुनेछ।अध्ययनमा धेरै समय दिन नसकिएला। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। व्यापारमा केही लाभांश मिल्नेछ।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरूको मुख ताक्ने बानीका कारण काम अधुरो रहनेछ। आगन्तुकहरूले अलमल्याउने हुँदा काममा समय दिन नसकिएला। तापनि विगतका कमजोरीलाई सुधार गर्ने मौका पाइनेछ। बुद्धिको उपयोगले ढिलै भए पनि काम बन्न सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। होसियारीसाथ काममा जुट्नुहोला। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुन सक्छ।  साथीभाइले काममा साथ दिनेछन्।


कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भविष्यका लागि केही लगानी बढाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठ्नेछ।  तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ। लाभांश अरूका लागि खर्चनुपर्ला।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।  मिहिनेतले आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रयत्न गर्दा  राम्रै उपलब्धि हत लाग्ने छ । समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ।  रोकिएका काम समेत सम्पादन हुनेछन्। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
चुनौतीभित्र अवसर खोज्ने समय छ। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। मिहिनेत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। आयस्रोत कमजोर बन्नेछ र फजुल खर्च बढ्न सक्छ।


वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्तसँग रमाइलो भेटघाट हुनेछ। उपहारले उत्साह जगाउनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ।  अतिथिको रूपमा सत्कार पाइनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ हुनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। दिगो काम थालनी हुनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिगो कामलाई केही समय पर्खनुपर्ला। पहिलेका सहयोगीहरू पछि हट्नाले कामको चाप बढ्नेछ।  प्रतीक्षित नतिजा कमजोर देखिनेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। अध्ययनमा समय दिन नसकिएला। विवादास्पद जिम्मेवारी आउन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बेसुरको व्यवहारले समस्या निम्त्याउनेछ। महत्त्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान्। हडबडीले काम बिग्रनेछ । सानो गल्तीले काम दोहोर्याउनुपर्ला। निर्णायक मोडमा दुविधा हुने हुँदा हतारमा निर्णय नलिनुहोला। हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। स्रोत साधन जुट्नाले नयाँ काम थालनी हुनेछ।  रोकिएका काम बन्नाले थप काम गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीबाट जोगिएर काम गर्नुहोला।