
लालबन्दी,असोज — ११ गते । विश्व पर्यटन दिवस तथा नेपालीहरूको महान चाड बडादशैंको अवसरमा लालबन्दी नगर क्षेत्रमा सरसफाइ कार्यक्रम गरिएको छ । अभियान अन्तर्गत शनिवार डुमडुमे मन्दिर, दुर्गा मन्दिर लगायत नगरका विभिन्न क्षेत्रहरूको सरसफाइ गरिएको हो ।
उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष महेश कुमार महतोका अनुसार, सरसफाइ अभियानको उद्देश्य स्वच्छ र सफा वातावरणमा चाडपर्वलाई मनाउनुका साथै धार्मिक तथा पर्यटकीय स्थलहरूको सौन्दर्य वृद्धि गर्नु रहेको छ ।

कार्यक्रम उद्योग वाणिज्य संघ लालबन्दी, लायन्स क्लब अफ लालबन्दी सिटी, लियो क्लब र होटल व्यवसायी संघको संयुक्त आयोजनामा गरिएको हो । सरसफाइ कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी टोली, ,स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघ लालबन्दीका पदाधिकारी तथा स्थानीय समाजसेवीहरूको समेत सक्रिय सहभागिता रहेको थियो ।

यस्ता कार्यक्रमले धार्मिक स्थलहरूको संरक्षण र प्रवद्र्ध हुनुकासाथै नगरको स्वच्छता र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने आयोजक संस्थाहरूको विश्वास छ ।










