राशिफल नेपाली

आज २०८२ असाेज १० गते शुक्रवार, २६ सेप्टेम्बर २०२५। आश्विन शुक्ल पक्ष चतुर्थी तिथि, प्रातः ६ः३९ बजेपछि पञ्चमी। विशाखा नक्षत्र।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। वादविवादबाट बच्ने उपाय अवलम्बन गर्नुहाेला। अपराह्नतिर स्वास्थ्य कमजोर हुने र काम राेकिने सम्भावना देखिन्छ। अर्थअभावले सताउनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। वादविवादमा अलमलिनुपर्दा सुरुमा बाधा पुग्नेछ। अपराह्नतिर स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रमाइलाे यात्राकाे साइत पनि जुर्न सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

समयको मागलाई ध्यान दिन नसक्दा पछि परिनेछ। बुद्धिको उपयोगले मात्र लक्ष्य पहिल्याउन सकिनेछ। अपराह्नतिर स्थिति अनुकूल बन्नेछ। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ। रचनात्मक कार्यले फाइदा दिनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अरूकाे भनाइ सहनुपर्ने हुन सक्छ। कामका लागि साइनाे गाँस्नेहरूबाट सजग रहनुपर्ला। घरेलु समस्याले निराश तुल्याउनेछ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। देखेकाे विषयमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

चिताएकाे काम सम्पादन हुनेछ। प्रक्रिया नमिल्नाले कुनै काम भने दोहोर्याउनुपर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनुपर्ला। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। साँझतिर आफन्त टाढिने डरले सताउनेछ। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

लेनदेनमा सजग रहनुहोला। सानोतिनो समस्या आए पनि नियमित कामबाट फाइदा हुनेछ। साँझतिर पेसा–व्यवसायमा लाभ उठाउन सकिनेछ। विद्या तथा धन आर्जन हुनेछ भने मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। ईर्ष्या गर्नेहरूबाट अलि सावधान रहनुपर्ला। अरूको भरपर्दा काम राेकिन सक्छ।

तुला – LIBRA(र, रि, रु, रे, रो, ता, ति, तु, ते)

महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। दिउँसाेतिर केही विवादास्पद कामकाे जिम्मेवारी आउन सक्छ। बाेली–व्यवहारमा संयम रहनुपर्ला। पेसा–व्यवसायमा त्यति फाइदा नहुन सक्छ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ।

वृश्चिक(तो, ना, नि, नु, ने, नो, या, यि, यु)

चुनौती सामना गर्नु पर्ला। समय दिन नसक्दा काम रोकिन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। दिउँसाेदेखि आफन्तसँग भेटघाट हुनेछ। तर अप्ठ्यारा काममा हातहाल्दा समस्या पर्नेछ। कमजोर मानसिकताले पनि पछि परिने सम्भावना छ। स्वास्थ्यका कारण काम रोकिन सक्छ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ। सानाे प्रयत्नले ऋणमोचन हुने सम्भावना छ। दिउँसाेतिर खर्चिलाे काम सुरु हुनेछ र धनसंग्रहमा बाधा पुग्नेछ। तापनि लगनशील बन्दा नियमित काम सम्पादन गर्न सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ। प्रयत्न गर्दा लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सामाजिक नेतृत्व हातलागी हुनेछ। मिहिनेत गर्दा कार्यसिद्धिको समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। दिउँसाेदेखि नयाँ काम बन्नेछ भने पेसा–व्यवसायमा थप फाइदा हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पार्न सकिनेछ। मिहिनेतको उपलब्धि प्राप्त हुनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मिहिनेत परे पनि फाइदा कम मात्र हुनेछ। प्रतीक्षित नतिजा कमजाेर देखिएला। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। अरूकाे फाइदाका लागि उपयाेग भइने समय रहेकाले सावधान रहनुहाेला। दिउँसाेदेखि स्थितिमा सुधार आउनुकाे साथै राेकिएकाे काम सम्पादन हुनेछ। भेटघाट र किनमेलमा रुचि बढ्नेछ। पेसा–व्यवसायमा पनि फाइदा उठाउन सकिनेछ। नयाँ काम प्रारम्भ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अवसरका लागि दौडधुप गर्नुपर्ला। काम दोहोर्याउनुपर्ने हुनसक्छ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। तत्काल लाभ नभए पनि मध्याह्नदेखि प्रयत्न गर्दा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। तर अवसरका साथ केही चुनौतीसमेत देखापर्ने छन्। स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला।