२०८२ असाेज ८ गते बुधवार, २४ सेप्टेम्बर २०२५। आश्विन शुक्ल पक्ष तृतीया तिथि। चित्रा नक्षत्र, १५ः२९ बजेपछि स्वाती। चन्द्रराशि तुला।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। सोखले खर्च भने बढाउन सक्छ। औपचारिकता र उपहारमा पनि अधिक खर्च हुनेछ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विश्वास नलागेको काम समेत बन्न सक्छ। साहसी काम गरेर लाभ उठाउन सकिनेछ। परिस्थितिले प्रतिपक्षीहरू नै सहयोगी बन्नेछन्। चुनौती चिर्दै फाइदा उठाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिस्थिति आफ्ना लागि प्रतिकूल बन्न सक्छ। अवसर प्राप्त भए पनि काममा ढिलासुस्ती हुनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अध्ययनमा धेरै समय जुट्न नसकिएला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। संघर्षले कर्मयोग अघि बढ्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरूको विश्वास गर्दा धोका हुन सक्छ। परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। तर, फाइदा मात्र हेर्दा नाम बिग्रन सक्छ। बलजफ्तीले काम बिग्रन सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो कामको फल अरूले हत्याउने चेष्टा गर्नेछन्। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी थप्नुपर्ने हुन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
श्रमको उचित मूल्य प्रप्त हुनेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम गर्न सकिनेछ। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा विशेष फाइदा हुनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्। विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता समेत बढ्न सक्छ। सामाजिक प्रभाव पनि बढ्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ। काम राेकिनाले मन खिन्न रहनेछ। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला। श्रम परे पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आहार–विहारमा ध्यान दिनुपर्ला। व्यस्तता बढ्नेछ भने शारीरिक समस्याले कमजोरी अनुभूति हुनेछ। व्यावहारिक समस्याले कामको मेसो मिलाउन नसकिएला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।










