आज २०८२ भदाै २८ गते शनिवार, १३ सेप्टेम्बर २०२५। आश्विन कृष्णपक्ष षष्ठी तिथि, ११ः०७ बजेपछि सप्तमी। कृत्तिका नक्षत्र, १४ः४५ बजेपछि राेहिणी।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समाजमा मानसम्मानमा वृद्धी हुनेछ। सरकारी क्षेत्रबाट समस्या उत्पन्न हुन सक्छ। आत्मविश्वासको साथमा कार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
वैदेशिक योजनाहरू पूरा हुनेछन्। कानुनी मुद्दा मामलाहरूमा सावधानी अपनाउनुहोस्। कार्यक्षेत्रमा सानातिना उतार चढावहरू आउनेछन्। अनावश्यक खर्चले आर्थिक संकट निम्त्याउँला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बलजफ्तीले पनि बाधा पुर्याउनेछ। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुन सक्छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
व्यापारमा अड्किएको रकम उठ्नेछ। भविष्यका लागि केही लगानी बढाउन सकिनेछ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। लाभांश अरूका लागि खर्चनुपर्ला। सरसापटमा पनि रकम बाहिरिन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनमा उत्साह र कार्यक्षेत्रमा लगनशीलताले समयलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। दैनिकी खर्चमा वृद्धि हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सवारी साधन चलाउँदा सावधान रहनुहोला। आलस्यले गर्दा हात परेका अवसरहरू हातबाट जानसक्छ सावधान रहनुहोस्। सामाजिक सञ्जालमा अन्तर्वार्ता गर्दा सावधानी अपनाउनुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
गोपनीयता बाहिरिनाले अप्ठ्याराे पर्न सक्छ। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। आयस्रोत कमजोर बन्नेछ र फजुल खर्च बढ्न सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। उपहारले उत्साह जगाउनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आत्मबल र प्रसिद्धिमा वृद्धि हुनेछ। यात्रा कष्टदायी रहेको छ। पारिवार र कार्यक्षेत्रमा सन्तुलन बनाएर राख्ने प्रयास गर्नुहोस्। धर्मकर्ममा मन जानेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आर्थिक पक्ष सबल रहनेछ। कार्यक्षेत्रमा नयाँ अवसरले पछ्याउनेछ। पारिवारिक सद्भावमा वृद्धि हुनेछ। विदेशतिरबाट शुभ सूचना मिल्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले काम दोहोर्याउनुपर्ला। बेसुरको व्यवहारले समस्या निम्त्याउनेछ। निर्णायक मोडमा दुविधा हुने हुँदा हतारमा निर्णय नलिनुहोला। हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्नाले थप काम गर्ने अवसर मिल्ने छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।