
विराटनगर,भदाै—११, मोरङ जिल्ला कारागारमा कैद सजाय भोगिरहेकी एक महिला कैदी मृत फेला परेकी छिन्।
शौचालयमा झुण्डिएको अवस्थामा बुधवार बिहान ३२ वर्षीया महिला राधा भट्टराई मृत फेला परेकी हुन्। उनी जो कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई २० वर्षको कैद सजाय भोगिरहेकी थिइन्। मोरङकी डिएसपी कोपिला चुडालका अनुसार उनी महिला कैदी राखिने सेलको शौचालयमा मृत भेटिएकी थिइन्।

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ निवासी भट्टराईले अघिल्लो वर्ष आफ्ना दुई नाबालक सन्तानसहित सप्तकोशी नहरमा हाम्फालेकी थिइन्। घटनामा एक बच्चाको मृत्यु भएको थियो भने उनी र अर्को बच्चाको ज्यान जोगिएको थियो। आफ्नै सन्तानको मृत्युपछि उनीमाथि कर्तव्य ज्यानअन्तर्गत मुद्दा चली सुनसरी जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाएको थियाे।











