
काठमाडौँ ,मंसिर -१५, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ बढाइएको निगमका जनाएको छ ।

निगमका अनुसार हवाई इन्धनको मूल्य पनि वृद्धि गराएको छ।

आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १५ डलरले मूल्यवृद्धि गरिएको निगमले जनाएको छ।










