
सर्लाही,कार्तिक -१६,जिल्लाको धनगढामा लक्ष्मीपूजाका लागि बालेको मैनबत्तीबाट दुई लाख बढी मूल्यकाे धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार जिल्लाको दक्षिण – पश्चिमी क्षेत्रमा पर्ने धनकौल गाउँपालिका-४, धनगडामा स्थानीय जितु रायको काठले बनेको २ लते घरको माथिल्लो तल्लाको पुजा गर्ने कोठामा मैन बत्तीबमट आगो सल्किदा दुई लाख पचास हजारबराबरको क्षति भएको हो ।

आगलागीबाट कोठा भित्र रहेको काठको दराज थान–१, टिभी थान –१, लताकपडा,सुनचाँदी, लगायत अन्य सरसामान गरि दुई लाख पचास हजारबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता एवम् (डिएसपी) दिपक श्रेष्ठका अनुसार स्थानीयकाे सहयोगमा आगाे निभाइएकाले मानवीय क्षेति भने हुनपाएन ।









