विराटनगर,साउन—२७, नेपाल आदिवासी जनजाति महासंघ विराटनगर नगर समितिको संयोजनामा आज विराटनगरमा विभिन्न कार्यक्रम आयोजना गरी ३० औं विश्व आदिवासी जनजाति दिवस मनाएको हो ।


विराटनगर महानगरपालिका भित्रका १८ वटा जातिय सामुदायले आफ्नो जातिय पोशकमा सजिएर झाँकी सहित विराटनगरको मारवडी सामुदायमा भेला भएर निकालिएको र्यालाीले नगरको विभिन्न भाग परिक्रमा गर्दै संगम पार्टी प्यालेसमा पुगेर कार्यक्रम भएको थियो ।

¥याली पछि आयोजित कार्यक्रममा जनजाति समुदायका अगुवा तथा अभियन्ताहरुले विश्वका आदिवासी जनजातिको एकता, ज्ञान सीप, भाषा, भेषभूषा, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्नेमा जोड दिए । संयुक्त राष्ट्रसङ्घले सन् १९९४ को अगष्ट ९ देखि विश्व आदिवासी दिवस मनाउन सुरु गरेको थियो । त्यसयता आदिवासीहरुले वर्षेनि यो दिवस मनाउँदै आएका छन् ।