सर्लाही, साउन—२, नेपाली कांग्रेस सर्लाहीको बुधवार सम्पन्न बैठकले मधेस प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन केन्द्रीय नेतृत्व संग माग गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहको सभापतित्वमा पार्टि कार्यालय मलंगवामा बसेको बैठकले यस्तो निर्णय गरको जिल्ला सचिव निरज कार्कीले चियोचर्चो खबरलाई जानकारी दिए ।


उनका अनुसार बैठकले सर्लाहीसहित देशका बिभिन्न स्थानमा बाढी र पहिरोमा परि भएको धनजनको क्षती प्रति दुःख ब्यक्त गरेको छ । बैठकले चितवनको सिमलतालमा ६ दिन अघि भएको बस दुर्घटना प्रति दुःख ब्यक्त गर्दै घटनामा मृत्यु भएका सम्पूर्णमा श्रद्धाञ्जली अर्पण गर्दै खोजी कार्यलाई प्रभावकारी बनाउन र पीडित परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउन सरकार संग जोडदार मांग गरेको छ ।


बैठकले नव गठित सरकारमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्दै मन्त्री भएका दशै जना मन्त्रीहरुलाई बधाई ज्ञापन गरेको छ ।
बैठकले पार्टी कार्यालयको पुरानो भवन जेजस्तो छ ,सोही अवस्थामा न्यूनतम मुल्य निर्धारण गरि टेन्डर मार्फत बिक्र वितरण गर्ने निर्णय गरेको छ । सो कार्य सम्पन्न गर्न बिगुप्रसाद चौधरीको संयोजकत्वमा तीन सदस्य समिति बनाइएको सचिव कार्कीले जानकारी दिए । समितिका अन्य सदस्यहरुमा पार्टी सहसचिव इन्द्रबहादुर योञ्जन र सुमितकुमार कुशवाहा रहेका छ ।