जनकपुरधाम, जेठ-४ , सीताको जन्मदिनको स्मरण गर्दै आज जनकपुरधाममा जानकी नवमी मनाइँदै छ ।
जानकी नवमीको अवसरमा मधेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।
वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाउने प्रचलन छ ।


जानकीको जन्मदिनको अवसरमा जनकपुरमा पूजाअर्चना भजनकीर्तन तथा झाँकी गरी जानकी नवमी मनाउने गरिन्छ ।
आज विहानैदेखि जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिरलगायत मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरुको भिड लागेको छ ।
जानकी मन्दिर व्यवस्थापन पक्षले जानकी नवमीको अवसरमा विभिन्न कार्यक्रम आयोजन गरेको छ । आज विहानै दुधमति नदीमा स्नान, जानकी मन्दिरमा बधाइगान, प्राकट्य उत्सव, झाँकीकिर्तनजस्ता कार्यक्रम आयोजन गरिएको छ ।


जानकी नवमीमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुर आएका छन् । फाेटाे: सामाजिक सञ्जाल