नवप्रवेशीलाइ स्वागत गर्दै पूर्व मन्त्री गगन कुमार थापा

मलंगवा, फागुन २० – मलंगवा नगरपालिकामा बुधबार एकसाथ १२ सय महिला नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उद्योग वाणिज्य संघ मलंगवाको सभाहलमा साँझ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री गगन थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा महिलाहरुले पार्टी प्रवेश गरेका हुन् ।


कार्यक्रमको दर्शक दिर्घामा महिलाहरुको मात्र उपस्थिती रहेको थियो । कांग्रेस मलंगवा नगर समिति अध्यक्ष चन्द्र किशोर साहको अध्यक्षता रहेको कार्यक्रममा महीला संजाल मलंगवा नगर अध्यक्ष गीता अमात्यले स्वागत गरेकी थिईन् ।
अमात्यले आगामी दिनमा नवप्रवेशी महिलाहरुले कांग्रेसका लागि दिलोज्यान दिएर काम गर्ने प्रतिवद्धता जनाईन् । महिला संजाल नगर अध्यक्ष अमात्यको दाबी अनुसार मलंगवा नगरपालिका क्षेत्र भित्रका १२ सय महिलाहरु विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशी महिला नेतृहरुलाई नेपाली कांग्रेस सर्लाही जिल्ला समिति सदस्य एवं पद्म–भूवनेश्वरी वृद्ध सेवाश्रम जुटपानीकी अध्यक्ष भवानी कोइरालाले अबिर र माला लगाएर स्वागत गरेकी थिईन् ।
कोइरालालाई तरुण दल सर्लाहीकी नेतृ शर्मिला थापा तथा कांग्रेस नेतृ शुभद्रा देवी महतोले समेत अबिर र माला लगाउन सहयोग गरेका थिए । प्रमुख अतिथि केन्द्रीय सदस्य थापा लगायत अन्य नेताहरु भएपनि महिलाहरु मात्र पार्टी प्रवेश गर्ने कार्यक्रम भएकाले कांग्रेस नेतृ कोइरालालाई नव आगन्तुक महिलाहरुलाई अबिर र माला लगाएर पार्टीमा स्वागत गर्न कार्यक्रम संचालकले आग्रह गरेका थिए ।
मलंगवा नगरपालिका–३ की वविता यादवको नेतृत्वमा ४५० जना, मलंगवा नगरपालिका अन्तर्गत गम्हरियाकी मरणी देवीको नेतृत्वमा १०५ जना, मलंगवा नगरपालिका–४ की सुन्दर देवीको नेतृत्वमा २०५ जना र मलंगवाकी राधिका पासवानको नेतृत्वमा २५० जना तथा अन्य विभिन्न वडाबाट गरी १२ सय महिलाहरु विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।


यस अघि मंगलवार नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. ४ ले धनकौल बजारमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा २ हजार भन्दा बढि बिभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रे प्रवेश गरेका प्रदेश सांसद् बिरेन्द्र प्रसाद सिंहको बताए ।
मलंगावामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं पूर्व संविधान सभासदस्य जंगिलाल राय, केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्ला सभापति एवं संघीय सांसद् नागेन्द्रकुमार राय, पूर्व जिल्ला सभापति लक्ष्मण राय, जिल्ला उपसभापतिहरु सुरेन्द्र सिंह र रामवली राय, प्रदेश सांसद्हरु उपेन्द्र कुशवाहा र वीरेन्द्र सिंह, कांग्रेस नेताहरु कृष्णदेव राय, प्रमोद बराल, विष्णुमणि घिमिरे, हरि लुंगेली, कौशल किशोर राय, कौशल किशोर सिंह, शिवचन्द्र चौधरी, मनोज यादव, दिपक अधिकारी, निरमुनी मैनाली, नारायण गुर्मछान, प्रशान्त आचार्य, मलंगवा नगरपालिकाका मेयर निरसल साह, उपमेयर शान्ति मिकरानी, महिला नेतृ शुभद्रा देवी महतो, विद्यार्थी नेता विमल अधिकारी, योगराज देवकोटा लगायत दर्जनौं नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सयौं महिलाहरु मात्र उपस्थित भएर पार्टी प्रवेश कार्यक्रम हुँदा प्रमुख अतिथि गगन थापा एवं अतिथिहरु अचम्मित बनेका थिए । जिल्लामै पहिलो पटक यस्तो पार्टी प्रवेश कार्यक्रम भएको भन्दै महिला नेतृहरुको प्रशंसा समेत गरिएको थियो । त्यसअघि ब्रम्हपुरी गाउँपालिकाको भेल्हीमा कांग्रेसले आयोजना गरेको आम सभा तथा पार्टी प्रवेश कार्यक्रममा अन्य विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका छन् ।
कार्यक्रममा तत्कालिन माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षका प्रत्यासी गौतमकुमार यादवलगायत नेकपा र जसपाबाट दर्जनौँ कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको कार्यक्रम सञ्चालक कांग्रेस क्षेत्रीय सभापति दिनेश मिश्रले जानकारी दिए। कार्यक्रममा कांग्रेस नेतृ सोनी बम्जन, बनिता कार्की बराल लगायतको समेत उपस्थिती रहेको थियो ।
मंगलबार दिउँसै सर्लाहीको धनकौल पुगेर विशाल आमसभालाई सम्बोधन गरेका कांग्रेस नेता थापा साँझ धनकौल स्थिती प्रदेश सांसद् वीरेन्द्र सिंहकै घरमा बास बसेका थिए । बुधबार बिहान धनकौलमै चियापान गरेर बरहथवामा कांग्रेस कार्यकर्तासँग समेत भेट गरेका नेता थापा बुधबार दिउँसो चन्द्रनगर गाउँपालिका अन्तर्गत बबरगंज स्थित राजकुमार महतोको घरमा खाना खाएका थिए ।
सामाजिक अभियन्ताको रुपमा परिचित महतो केही दिनअघि मात्र कांग्रेस उपसभापति विमलेन्द्र निधीको हातबाट सदस्यता लिँदै पार्टी प्रवेश गरेका हुन् । बुधबार साँझ कांग्रेस नेता थापा सदरमुकाम मलंगवा नै बसेका छन् । उद्योग वाणिज्य संघ मलंगवाका पूर्व अध्यक्ष हरिषचन्द्र गुप्ताको घरमा खाना खाएका कांग्रेस नेता थापा कांग्रेस सर्लाहीका उपसभापति सुरेन्द्र सिंहको घरमा बास बसेका हुन । नेता थापा विहिबार बिहान कांग्रेसको जिल्ला पार्टी कार्यालयमा जिल्ला स्तरीय नेता कार्यकर्ताहरुसँग अन्तरक्रिया तथा नेपाल प्रेस युनियन, प्रजातान्त्रिक कानून व्यवसायी संघ लगायतका नेतृत्वसँग अन्तरक्रिया एवं पत्रकार सम्मेलन पश्चात महोत्तरीको बर्दिबासतर्फ लाग्नेका छन् ।