
सर्लाही बैशाख- १८,जिल्लाको धनकौल गाउँपालिका–२, का आगलागी पीडितलाई नेपाली कांग्रेसका मधेस प्रदेश उपसभापति एवम् पूर्व मन्त्री वीरेन्द्र प्रसाद सिंह र सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले राहत सामग्री वितरण गरेका छन् । यहाँ मंगलवार दिउँसो आगलागी हुदा ८ घर जलेर खरानी भएको थियो ।

आगलागी हुदाहुदै पुगेका सिंह दाजुभाइ र नेपाली कांग्रेसका अन्य नेता कार्यकर्ताले आगाे निभाउने प्रयास गर्नुकासाथै तत्कालीन राहत सामग्री वितरण गरेका नेपाली कांग्रेस सर्लाही क्षेत्र नं.-४ले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार स्थानीय सुरेश मण्डलको घरमा विद्युत् सर्ट भइ सुरु भएको आगलागीका कारण उनीसहित शिवचन्द्र मण्डल, रामप्रवेश मण्डल,गणेश मण्डल, शंकर मण्डल, रामपृत मण्डल र शिवजी मण्डलको घर जलेर खरानी भएको हाे ।

चर्को घाम र तीव्र गतिमा हावाहुरी चलेकाे ले फुसको छानो भएकाे घरलाई एक्कैछिनमा खरानी बनाएको स्थानीयले बताएका छन् । स्थानीय र सुरक्षाकर्मी मिलेर आगलागी निभाएका हुन ।









