
मनाेज बखरेल
हरिपुर,चैत -८,बाल्यकाल देखिनै वित्तिय अनुशासनको विकास गर्दै बाल क्लबका माध्यमबाट बालबालिकामा बचतको संस्कृति विकास गराउने उदेश्यले सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामिण नारी उत्थान संघ हरिपुरको सहजीकरणमा संचालित सम्मुनति परियोजनाले ५ दिने प्रशिक्षकका लागि प्रशिक्षण तालिम तोत बिहिवार आज सम्पन्न गरिएको छ ।
सम्पन्न तालिममा हरिपुर नगरपालिका का नौ वटै वडाका एक वडा एक प्रशिक्षक रहने गरी वित्तीय साक्षरताका लागि सहजकर्ता (प्रक्षिक्षक) तयार गरिएको सम्मुनति परियोजनाकी कार्यक्रम अधिकृत सुजाता शर्माले जानकारी दिइन् ।

९ जना प्रशिक्षक तयार गर्दै सम्पन्न कार्यक्रमको सहजीकरण तथा प्रशिक्षण सेभ द चिल्ड्रेनका बाल संरक्षण साखाकी प्रशिक्षक कान्ती खड्का र दिगो जिविको पार्जनकि प्रशिक्षक नविनराज ज्ञवाली ले गरेका परियोजना संयोजक दिपक भण्डारीले जानकारी दिए ।
सेभ द चिल्ड्रेनको सहयोगमा ग्रामिण नारी उत्थान संघ हरिपुरले बाल विबाह न्यूनीकरण, बालवालिकाको सर्वाङ्गिण विकास , स्वास्थ्य , शिक्षा , पोषण , कृषि आदि क्षेत्रमा कार्य गर्दै आएको संस्थाका उपाध्यक्ष बिष्णु चालिसेले जानकारी दिए।

तालिमले हरिपुर नगरका १४ देखि १८ वर्ष सम्मका किशोर किशोरीलाई बचत गर्ने बानीको विकास सँग -सँगै आर्थिक विकास र जीवन सम्मुनातिमा टेवा पुर्याउने उपाध्यक्ष चालिसेको विश्वास व्यक्त गरे ।
प्रशिक्षण ग्रामिण नारी उत्थान संघको सभाहलमा सम्पन्न भएको हो ।









