सर्लाही,फागुन -१६,सम्मानित सर्वोच्च अदालतको अन्तिम फैसलाको पूर्णपाठ नआउँदै आफू विरूद्ध केही सञ्चार माध्यमबाट नेपाली काँग्रेस सर्लाहीका  सभापति सुरेन्द्र प्रसाद सिंह दोषी ठहर भनि भ्रमपूर्ण प्रचारबाजी  गरिएको भन्दै , सभापति सिंहले आपत्ति प्रकट गरेका छन् ।
आफ्नो  राजनीतिक प्रतिष्ठालाई निमिट्यान पार्ने उदेश्यले षड्यन्त्र पूर्ण रूपमा गलत प्रचारबाजी गरिएको भन्दै उनले आपत्ति प्रकट गरेका हुन ।


सिंहलाई  विपक्षी बनाए नेपाल सरकारले दायर गरिएको मुद्दाको फैसलामा पुनरावेदन जिकिर नपुग्ने फैसला सुनाएको छ भने त्यसतै सभापति सिंहले नेपाल सरकारलाई विपक्षी वनाएर दायर गरेको अर्को मुद्दा  केही उल्टी भनि शव्दको फैसला गरेको  छ।
यति हुदाहुदै अहिले नै दोषी ठहर भयो भनेर प्रचार गर्नु भ्रम फैलाउन बाहेक अरु केही हैन,´उनलेे भने ।


सम्मानित सर्वोच्च अदालतबाट हुने फैसलाको सम्मान गर्नुपर्छ।´म तयाछु,´ तर कुनै राजनीति व्यक्तिकाे चरित्र माथि गलत प्रश्न र भ्रम फिजाउँन पाइदैन उनलेे भने ।
उनलेे सम्मानित सर्वोच्च अदालत माथि आफ्नो  विश्वास यथावत  रहेको र आफ्न‌ै पक्षमा फैसला आउने विश्वास व्यक्त गरे ।
यस्तो लेखिएको छ , सर्वोच्च अदालतकाे दैनिक पेसिकाे सूचिमा