
फागुन -९ , सर्लाहीमा ट्याक्टर दुर्घटना हुदा दुई जनाको ज्यान गएको छ।
रौतहटको समनपुबाट सर्लाही आउदै गरेको ना १ त २१९७ नम्बरको ट्याक्टर बुधबार दिउसो नहरमा पल्टिँदा ट्याक्टर चालक रौतहट जिल्ला गढीमाइ नगरपालिका -९ घर भएका ५५ वर्षीय जयलाल सहनी र ट्याक्टर सवार साेही ठाउँ बस्ने ५० वर्षीय रामनाथ सहनीको ज्यान गएको प्रहरीले जनाएको छ ।

रौतहटबाट आलु खन्न १४ जना कामदार लिएर सर्लाही आउँदै गरेको ट्याक्टर अनियन्त्रित भएर नहरमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर धाइते भएका १७ वर्षीय आकाश सहनी, ७ वर्षीय किसन सहनीसहित ३ जनालाई थप उपचारका लागि वीरगञ्ज पठाएको छ । घाइते अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।









