बरहथवा,मंसिर – २६, नेपाली कांग्रेसले बरहथवा नगरपालिका ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र स्तराेन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्न, दबाब सृजना गर्ने उद्देश्यले आज (मंगलवार) बरहथवा बजार र नगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेको छ।


गतवर्ष असोज ९ गते बसेको कार्यपालिका बैठकले स्वास्थ्य केन्द्र प्रदेश सरकारलाई हस्तान्तरण गरी ५० शैय्याको अस्पताल निर्माणका लागि पहल गर्न गरेकाे निर्णयबाट नगरपालिका पछि हटेको भन्दै कांग्रेसले विरोधमा प्रदर्शन गरेको हाे ।
नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि कार्यपालिकाको निर्णय अनुसार स्वास्थ्य केन्द्र प्रदेश सरकारलाई हस्तान्तरण गर्न तयार भएपनि नणरप्रमुख कल्पनाकुमारी कटुवालसहित नेकपा एमालेका जनप्रतिनिधि भने निर्णय कार्यान्वयन गर्ने पक्षमा नदेखिए पछि कांग्रेसले त्यसको विरोध गरेको हाे ।


नेपाली कांग्रेसको तर्फबाट बरहथवा नगर प्रमुखका प्रत्यासी विगुप्रसाद चौधरीले कार्यपालिकाको निर्णयानुसार
प्राथमिक स्वास्थ्य केन्द्रलाई तत्काल ५० शैय्याको अस्पताल बनाउने प्रक्रिया अघि नबढाइए सशक्त आन्दोलनका कार्यक्रम अघि बढाइने नेपाली कांग्रेसकाे चेतावनी छ ।