सर्लाही,कार्तिक -१० ,सर्लाहीमा दुर्लभ जनावर सालक फेला परेको छ । नेपालमा रहेका स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने सालक बिहीबार राती मुर्तियाको जंगलमा फेला परेको हो।


सुरक्षित उद्दार गरेको सालकलाई पर्सा वन्यजन्तु आरक्षण आधाभारमा पठाउँने सहायक वन अधिकृत चन्द्रप्रकाश यादवले बताए।
गस्ती गर्न हिडेको वनको टोलीले सर्लाहीको मधुवनी नयाँरोड सडक खण्डको धरहर जंगल नजिक सडकमा हिड्दै गरेको अवस्थामा सालक भेटिएको सशस्त्र वन रक्षक मदनबहादुर थिङले जानकारी दिए ।


सालकको लम्बाइ ७२ सेन्टिमिटर र तौल ३.५ किलोग्राम रहेको छ। सर्लाहीको जंगलमा अहिलेसम्म दुर्लभ सालक नभेटिएको उहाँको भनाइ छ।सालक दिनभरि सुत्ने र राती खाना तथा पानीको लागि दुलोबाट बाहिर निस्किएर हिड्ने गर्छ ।

सालकको अवैधरुपमा चोरी शिकार, कारोबार गर्नेलाई ५ देखि १५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाखसम्म जरिवाना हुने वन ऐनमा व्यवस्था छ ।