सर्लाही,भदौ-२०,नेपाली कांग्रेसका सर्लाहीले पार्टी  सहमहामन्त्री महेन्द्र यादव माथि बुधवार (आज) काठमाडौंमा भएको सांघातिक आक्रमणकाे भत्सर्ना गरेको छ।
नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा  रिपोटर्स क्लव काठमाडौंमा कार्यक्रमबाट बाहिरिने क्रममा नियोजित रुपमा भएको आक्रमणकाे निन्दा र भत्सर्ना गर्दछौं भनिएको छ ।


विज्ञप्तिमार्फ  आक्रमण गर्ने व्यक्ति  र सुनियोजित घट्नाका पछाडि हुन सक्ने जो कोही व्यक्ति वा समुह माथि गहिरो अनुसन्धान गरि दोषीलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कार्बाही गर्न सर्लाही कांग्रेस सरकार संग जोडदार माग गर्दछ भनिएको छ।
विज्ञप्तिमा घाइते पार्टी सह-महामन्त्री महेन्द्र यादवको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ  । यश अघि कांग्रेस केन्द्रीय कार्यालयले पनि एक विज्ञप्ति जारी गर्दै ,घटनाको कडा शव्दमा निन्दा गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता एवम् प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलका अनुसार काठमाण्डाैकाे भृकुटीमण्डपमा रहेको रिपोर्टर्स क्लबमा बुधवार(आज) आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि खुकुरी प्रहार  भएको हाे ।


नुवाकोटाको विदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्याम सापकोटालाई आक्रमणमा प्रयोग भएको खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक कुमोध ढुङ्गेले जानकारी दिएका छन् ।
धारिलो हतियारबाट यादवको टाउकाको पछाडिको भागमामा गहिरो चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डाै जनाएको छ।
आक्रमणको कारण भने खुल्न सकेको छैन । घटनाका बारेमा अनुसन्धान शुरु गरेको जिल्ला प्रहरीले जनाएको छ।