सर्लाही,भदौ-११,माओवादी केन्द्र सम्बद्ध खेलकुद महासंघका केन्द्रीय सदस्य सचिन दाहाल र सन्तोष चाैहान नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
साेमवार एक कार्यक्रमका बीच नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले उनीहरूलाई पार्टीको सदस्यता प्रदान गरेका हुन ।


पार्टी सभापति सिंहले नवप्रवेसी दुवै जनालाई खादा अबिर लगाएर केक खुवाई पार्टीमा स्वागत गरेका नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले जानकारी दिए ।
पार्टी कार्यालय मलंगवामा भएको कार्यक्रममा नवप्रवेसी सदस्य दाहालले आफू रहेको पूर्व पार्टी नीति सिद्धान्त अनुसार नचलेकाले आफूले उक्त पार्टी परित्याग गरेको बताए।
उनलेे नेपालमा अब कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त भएको बताए ।

उनलेे नेपाली कांग्रेसले २००७ साल देखि अंगालेकाे समाजवादी सिद्धान्त नछाडेकाे भएपनि माओवादीले साम्यवादी सिद्धान्तबाट विमुख भइ कांग्रेले अंगालेकाे बटाेमा आएकाले आफू कंग्रेसमा प्रवेश गरेको बताए ।
उनलेे २०६४ देखि २०८० सम्म आइपुग्दा नेपालका कम्युनिस्ट नेताहरू भ्रष्टाचारको दलदलमा फसेको टिप्पणी गरे । दाहाल रेसलिंग का राष्ट्रिय खेलाडी हुन। जिल्लामा उनी सर्लाही टाइगरकाे उपनामले परिचित छन् ।