सर्लाही,असार-२९,जिल्लाको लालबन्दीमा नगर स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
लालबन्दी नगरपालिकाको सहयोगमा तथा मुनाल सामुदायिक संस्था बरहथवा-९ को आयोजनामा शुक्रवार दिउँसो लालबन्दी -७ स्थित नगरको व्यवसायीक भवन अगाडि सार्वजनिक सुनुवाइ कार्यक्रममा सम्पन्न भएको हाे ।

लालबन्दी नगरपालिकाका प्रमुख (मेयर) बासुदेव अधिकारीको अध्यक्षता तथा प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपमेयर कल्पनामाया पाख्रिन र विभिन्न वडाका वडाअध्यक्ष,संघसंस्था र राजनीतिक दलका प्रतिनिधिहरूकाे आतिथ्यता रहेको थियो । कार्यक्रममा नगरका विभिन्न वडाका नागरिककाे सहभागिता रहेको थियो ।

कार्यक्रममा नागरीक तहबाट आएको गुनासोहरुको सम्बोधन गर्दै नगर प्रमुख (मेयर) बासुदेव अधिकारीले लालबन्दीको सर्वाङ्गिण विकासमा आफूहरु लागि परेको बताए ।
कार्यक्रमका सभाध्यक्ष तथा प्रमुख अतिथी समेत रहेका अधिकारीले लालबन्दीमा महत्वपूर्ण सकारी कार्यालय ल्याउने प्रयास भइरहेको बताए ।
उनले लालबन्दीको विकास कसरी गर्ने र यहाँका विकासलाई कुन तह सम्म पुर्यायाउने भन्ने कुरामा नागरीकले सकारात्मक सुझाव दिनु आवश्यक रहेको बताउदै, आफूले नगरपालिकाको चौतर्फी विकासका लागि काम गरिरहेको बताए ।
उनले आफू पदमा नरहँदा पनि लालबन्दीवासीलाई शुद्ध खानेपानी उपलब्ध गराएको, शिक्षा क्षेत्रमा राम्रै काम गरेरको बताउँदै अहिले पनि शिक्षाको थप विकासका लागि मेघा विद्यालयको अवधारणामा काम गरिरहेको, काठमाण्डौ विश्व विद्यालयसँगको समन्वयमा कृषि क्याम्पसको काम भइरहेको बताए । उनले आफ्नो कार्यकालभित्र लालबन्दीलाई विपी राजमार्गसँग जोड्न सक्नेमा विश्वस्त रहेको बताए । त्यस्तै यहाँ सुविधा सम्पन्न नगर अस्पताल, राष्ट्रिय स्तरको खेलकुद रंगशाला निर्माणको काममा पनि आफूहरुले गरिरहेको बताए ।
कार्यक्रमका सहभागीहरुले नगर प्रमुख बासुदेव अधिकारी र उप प्रमुख कल्पना माया पाख्रिनलाई विभिन्न प्रश्न गरेका थिए ।
नगर प्रमुख अधिकारीलाई सहभागी स्थानीयले स्वास्थ्य शिक्षा, बाटोघाटो तथा भौतिक सरंचना निर्माणका बिषयमा प्रश्न तथा सुझाव दिएका थिए । कार्यक्रममा सहभागीले उपप्रमुख पाख्रिनलाई न्यायीक समितिमा कार्यसम्पादनका बिषयमा प्रश्न गरेका थिए ।
नगर प्रमुख अधिकारी र उपप्रमुख पाख्रिनले सहभागीले सोधेका प्रश्नको जवाफ दिएका थिए ।









