सर्लाही,जेठ-२२,जिल्लाकाे बरहथवा नगरपालिका-१२मामा पिकअप भ्यान अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ,भने दुई जना घाइते भएका छन ।
मृत्युु हुनेमा बाराको महागढीमाई नगरपालिका–८ बस्ने २० वर्षीय सचिउ पासवान रहेको छ ।

साेमवार (आज) मध्याह्न बरहथवा नगरपालिका वडा नं १२ स्थित हिरापुरबाट चक्रघट्टा तर्फ जाँदै गरेको प्र२-०३-००१ ख ३५२३ नं. को पिकअप अनियन्त्रित भई सडकको उत्तर पट्टि पल्टिएको हाे ।
भ्यानमा सवार बाराको महागढीमाई नगरपालिका–८ बस्ने १४ वर्षीय विशोक पासवान र १३ वर्षीय विवेक पासवान घाइते भएका छन्।

उनिहरुको बरहथवामा उपचार भैरहेको र दुर्घटना भएको पिकअप चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार उक्त पिकअपमा जेनेरेटर, ग्याँस चुल्होलगायतका सामग्री रहेको रहेको छ।
भ्यानमा ७ जना सवार मध्ये १ जनाको मृत्यु भएको र घाइते दुइ जनाको शंकटमाेचन अस्पताल बरहथवामा उपचार भई रहेको प्रहरीले जनाएको छ।









