साेम दियाली/सर्लाही
वैशाख -४ ,जिल्लाको व्यापारिक हब मानिएको लालबन्दीको एक इन्टरप्राइजेजले धुमधामका साथ आफ्नो वार्षिकोत्सव मनाएको छ ।
यहाँस्थित पूरानो पश्चिम बसपार्कको उत्तरतर्फ हालको बर्गरहाउसको तल रहेको रियोन इन्टरप्राइजेजले लालबन्दी नगरपालिकाकी उपमेयर कल्पना पाख्रिनको हातबाट केक काट्दै विविध साँगितिक कार्यक्रमसहित बार्षिकोत्सव मनाएको हो ।


वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै, प्रमुख अतिथी उपमेयर पाख्रिनले रियोन इन्टरप्रजेज र यसका सञ्चालक राजेश साहलाई थप व्यवसायिक सफलताको शुभकामना व्यक्त गरिन् ।
उनले ग्राहकको मन जितेर उनीहरुको चाहानाअनुसारको आइटी सामाग्री उपलब्ध गराएर उनीहरुको मन जित्न इन्टरप्राइजेजका सञ्चालक राजेश साहलाई आग्रह गरिन् ।
कार्यक्रमलाई नेपाल प्रेस युनियनका सर्लाही अध्यक्ष कृष्ण प्रसाद थपलिया, लालबन्दी जेसिजका अध्यक्ष मनोज बख्रेल लगायतले रियोन इन्टरप्राईजेजको सफलताको शुभकामना दिएका थिए।


कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता युवराज देवकोटा, क्षेत्रीय सभापति हरिबहादुर लंगेली, क्षेत्र १(ख) का सभापति सिताराम दाहाल, जनज्योती बहुमुखि क्याम्पस व्यवस्थापन समिति अध्यक्ष दिपक अधिकारी, ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख डिएसपी शान्ताराम कार्की, लालबन्दीका उद्योगी व्यवसायी, पत्रकारलगायतको आतिथ्यता रहेको थियो ।
वार्र्षिकोत्सवका अवसरमा एकल नृत्य प्रतियोगितासहित फोर एमबी ब्याण्डका कलाकारहरुले सांगितिक प्रस्तुती पस्केका थिए ।
वार्षिकोत्सवकै अवसर पारेर इन्टरप्राईजेजले वैशाख महिनाभर कम्प्युटर, ल्यापटप, सिसिटिभी क्यामेरा, प्रिन्टर लगायतका प्रत्येक आइटी सामानको खरीदमा १० प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ ।