सर्लाही,चैत–१५ जिल्लाको ईश्वरपुरस्थित नारायण माध्यमिक विद्यालय र नारायण बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थीले फूलसहितको गमला सहयोग गरेका छन् ।

उक्त विद्यालयकाे मावि र क्याम्पस तर्फ अध्ययन गरेका पूर्व विद्यार्थीले बुधबार(आज) एक कार्यक्रमकाबीच क्याम्पसलाई गमला, फूल, माटो र मल प्रदान गरेका हुन् ।
क्याम्पसमा व्यवस्थापन समितिका अध्यक्ष उत्तमराज घिमिरे र माध्यमिक विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष रुस्तम अन्सारीको अध्यक्षतामा फूलसहितको १६३ थान गमला प्रदान गरिएको भूतपूर्व विद्यार्थी प्रकाश मैनालीले जानकारी दिएका छन् ।

कार्यक्रममा ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्य, क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष बेचु प्रसाद तिमल्सिना, क्याम्पस प्रमुख हिरण्यप्रसाद बराल, पूर्व विद्यार्थीहरु प्रकाश मैनाली, शंकर काफ्ले, आदित्य मैनाली, धिरेन्द्र साहलगायतको उपस्थिति रहेको थियो ।









